विश्वकप जित्ने अभियानमा पोर्चुगल
खेलकुदChief Admin२०२६ जुलाई २१ मिनेट पढ्ने समय१०९ हेराइ१३७ शब्द संख्या

विश्वकप जित्ने अभियानमा पोर्चुगल, रोक्ने योजनामा क्रोएसिया!
विश्वकपको अन्तिम १६ मा स्थान बनाउन पोर्चुगल र क्रोएसिया आमने-सामने हुँदैछन्। राउन्ड अफ ३२ को महत्वपूर्ण खेलमा शुक्रबार बिहान पोर्चुगल र क्रोएसियाले एक-अर्काको सामना गर्न लागेका हुन्।
क्यानडाको टोरन्टो स्टेडियम (BMO फिल्ड) मा हुने यस खेलमा पराजित हुने टोली विश्वकपको यात्राबाट बाहिरिनेछ भने विजेता टोली 'राउन्ड अफ १६' मा प्रवेश गर्नेछ।
रोबर्टो मार्टिनेजको कप्तानीमा रहेको पोर्चुगली टोली समूह 'के' मा उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। पोर्चुगलले उज्बेकिस्तानलाई ५-० ले पराजित गरे पनि कंगो र कोलम्बियासँग बराबरी खेल्दै मिश्रित प्रदर्शन गरेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले यस प्रतियोगितामा दुई गोल गरिसकेका छन्।
पूर्व उपविजेता क्रोएसिया समूह 'एल' मा इंग्ल्यान्डसँग पराजित भए पनि पानामा र घानालाई पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरेर नकआउट चरणमा आइपुगेको हो। घाना विरुद्धको अन्तिम खेलमा निकोला भ्लासिचको ढिलो गोलले क्रोएसियालाई २-१ को महत्त्वपूर्ण जित दिलाएको थियो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...

