राष्ट्रिय संगीतकर्मी संघ रामेछापमा नयाँ नेतृत्व
समाचारDesk Editor२०२६ जुलाई १२१ मिनेट पढ्ने समय३७ हेराइ८५ शब्द संख्या

रामेछाप । राष्ट्रिय संगीतकर्मी संघ रामेछापको शुक्रबार सम्पन्न बाह्रौ साधारण सभा तथा छैठौं जिल्ला अधिवेशनले सुमन खड्काको नेतृत्वमा नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको छ ।
संघको बरिष्ट उपाध्यक्षमा नबिन पुलामी मगर, प्रथम उपाध्यक्षमा राम बस्नेत, महिला उपाध्यक्षमा अनु खड्का, उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा सरिता श्रेष्ठ, प्रबक्तामा सुदिप खड्का, सहसचिवमा विष्णु सोनाम, कोषाध्यक्षमा युबराज कार्की र सह कोषाध्यक्षमा दीक्षा महत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा राम माझी, लक्ष्मी बिक, जयप्रकाश प्रधान, टीकाराम श्रेष्ठ, बोधकुमारी श्रेष्ठ (गोमा ) र कर्ण श्रेष्ठ रहेको संघले जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...


